२०८३, २ असार मंगलबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै



७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा हरेक वर्ष विशेष कार्यक्रम आयोजना गर्ने गरेर मनाइँदै आएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । 

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

आजको दिनलाई अग्रगामी राजनीतिक परिवर्तन र जनताको अधिकारका लागि एकताबद्ध हुन प्रेरणा दिने ऐतिहासिक दिनका रुपमा लिने गरिएको छ । 

नेपालको राजनीतिक इतिहासमा २००७ सालको परिवर्तन नै लोकतन्त्र प्राप्तिका लागि पहिलो संगठित, सशक्त र सशस्त्र आन्दोलन थियो । 

प्रकाशित मिति : २०८२, ७ फाल्गुन बिहिबार ००:००  १० : २७ बजे