राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरा र भैरहवाका लागि तय गरेको आमसभा स्थगन गरेको छ । फागुन ९ मा भैरहवा र फागुन १० गते पोखरामा हुने भनिएका कार्यक्रम स्थगन गरिएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।
उक्त दुवै सभालाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने कार्यक्रम थियो । रास्वपाले विशेष कारण सभा स्थगन गरिएको बताएको छ ।
बालेनको स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रम स्थगन गरिएको रास्वपा स्रोतले बताएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बालेन बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत काठमाडौं फर्किएका थिए ।
स्वास्थ्यमा समस्या आएपछि उनी आज हुने दाङको कार्यक्रममा पनि सहभागी नहुने रास्वपाले बताएको थियो ।











