प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिँदै छ । उमेदवारहरू मतदाता आकर्षित गर्न घरदैलो कार्यक्रममा व्यस्त छन् ।
निर्वाचन देश र देशबाहिर रहेका नेपालीलाई उत्तिकै लागेको छ । यति बेला विदेशमा रहेका केही नेपालीले मतदान गर्न नेपाल फर्कने वा फर्किरहेको पोस्ट सामाजिक सञ्जालमा गरिरहेको देखिन्छ ।
के विदेशमा रहेका नेपाली मतदान गर्नकै निम्ति स्वदेश फर्किरहेका हुन् ? यसको जवाफ अध्यागमन विभागको तथ्यांकले दिन्छ ।
मतदानका निम्ति अब ६ दिन बाँकी छ । अध्यागमन विभागबाट प्राप्त विवरणानुसार, सन् २०२६ को फेब्रुअरी १ देखि २५ सम्म विश्वका १६० देशबाट एक लाख ३३ हजार ८०९ नेपाली स्वदेश फर्किएका छन् । फर्कनेमा ३२ हजार ३७० महिला र एक लाख एक हजार ४३९ पुरुष छन् ।











