२०८२, २५ फाल्गुन सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिकतर्फ कसले कति ल्याए मत ?



यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ ।

समानुपातिकतर्फ आइतबार (फागुन २४) बिहान साढे ६ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ११ लाख एक हजार ६२५ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले तीन लाख ६२ हजार ४२० मत ल्याएको छ ।

नेकपा (एमाले) दुई लाख ९१ हजार १८१ मतसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एक लाख २७ हजार १९१ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७८ हजार ३२४ मतसहित पाँचौँ स्थानमा छ । छैटौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ४५ हजार ९४ मत प्राप्त गरेको छ ।

राष्ट्रिय परिवर्तन पार्टी २५ हजार २०८ मतसहित सातौँ स्थानमा छ । आठौँ स्थानमा रहेको जनता समाजवादी पार्टी, नेपालले १६ हजार ७१८ मत ल्याएको छ ।

एकल चिह्न चकिया (जाँतो) १० हजार ५०६ मतसहित नवौँ स्थानमा छ । १०औँ स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीले १० हजार २९९ मत पाएको छ ।

यसपछि क्रमशः जनमत पार्टी नौ हजार ६३, राष्ट्रिय जनमोर्चा ६ हजार ९४७, राष्ट्र निर्माण दल ६ हजार ९३१, नेपाली कम्युनिस्ट पार्टी (माओवादी) ६ हजार ७३, नेपाल जनता संरक्षण पार्टी चार हजार ७९५, प्रगतिशील लोकतान्त्रिक पार्टी चार हजार ०५२, मंगोल नेसनल अर्गनाइजेसनको दुई हजार ७३९ मत छ ।

समानुपातिकतर्फ हालसम्म २१ लाख ३९ हजार ५४३ मतगणना गरिएको छ । अरू केही दलले पनि समानुपातिक मत पाएका छन् ।

प्रकाशित मिति : २०८२, २४ फाल्गुन आइतबार ००:००  ७ : २९ बजे