२०८२, २५ फाल्गुन सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी



सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन् । आइतबार (फागुन २४) दिउँसो सार्वजनिक अन्तिम मत परिणामा ३५ हजार ७४१ मत प्राप्त गर्दै उनी सांसद निर्वाचित भएका हुन् । श्रम संस्कृतिका उमेदवारले जितेको यो दोस्रो सिट हो ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार गोमा तामाङले २७ हजार २४९ मत ल्याइन् । साम्पाङले तामाङलाई आठ हजार ४९२ मतान्तरले पराजित गरे ।

तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार टिकाराम लिम्बूले ६ हजार ४६३ मत पाए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सूर्यबहादुर भट्टराईले ६ हजार १८५, पाँचौँ स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार सुजेन्द्र तामाङले तीन हजार ९७० मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।

०७९ सालको निर्वाचनमा यो क्षेत्रमा एमालेको समर्थनमा जनता समाजवादी पार्टी नेपालका नेता अशोक राई विजयी भएका थिए । रास्वपाकी तामाङ दोस्रो स्थानमा थिइन् । यसपटक पनि उनी दोस्रो स्थानमै रहिन् ।

प्रकाशित मिति : २०८२, २४ फाल्गुन आइतबार ००:००  २ : ५७ बजे