२०८२, २७ फाल्गुन बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?



प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

मतगणना अन्तिम चरणमा पुगेको समयमा समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार (बिहान ७ बजेसम्म) अहिलेसम्म एक करोड ७ लाख ३० हजार ५५१ मत गणना भएको छ । निर्वाचन आयोगले आज समानुपातिकको पनि मतगणना सम्पन्न हुने जानकारी दिएको छ ।

जसमा रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४७.९ प्रतिशत रहेको छ । त्यस्तै, नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ ।

त्यस्तै, तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १४ लाख ४८ हजार ३७८ अर्थात् १३.५ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ३ हजार ६२७ अर्थात ७.५ प्रतिशत मत प्राप्त गरेको छ ।

त्यस्तै, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत अर्थात ३.५ प्रतिशत मत पाएको छ । त्यस्तै राप्रपाले ३ लाख २९ हजार ४८७ मत अर्थात् ३.१ प्रतिशत मत पाएको छ ।

त्यसैगरी, समानुपातिक तर्फ कुल खसेको मत एक करोड ९ लाख ७७ हजार ७११ रहेको छ ।

प्रकाशित मिति : २०८२, २७ फाल्गुन बुधबार ००:००  १० : ४३ बजे