यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सकिएको छ । मतपरिणामअनुसार, रास्वपा एक्लैले झन्डै दुईतिहाइ जनमत प्राप्त गरिसकेको छ ।
निर्वाचन आयोगका अनुसार, प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ रास्वपाले ५१ लाख ४८ हजार २१७ मत पाएको छ । मतपरिणाम सकिएसँगै रास्वपाका शीर्ष नेताहरू नयाँ सरकार निर्माणको गृहकार्य र विज्ञ परामर्शमा जुटेका छन् ।
विशेषगरी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच नयाँ सरकारबारे छलफलको गृहकार्य सुरु भएको हो ।
लामिछानेका स्वकीय सचिव अविनाश आर्चायका अनुसार, खुट्टाको पुरानै इन्फेक्सनका कारण केही दिनदेखि आराम गरिरहेका रवि र वरिष्ठ नेता बालेनबीच छलफल भइरहेको छ ।











