कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका छन् ।
उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा दिएका हुन् । उनी निकट स्रोतले दिएको जानकारीअनुसार थापाले केही दिनअघि उपसभापति शर्मालाई राजीनामा बुझाएका हुन् । थापाले दिएको राजीनामाका सम्बन्धमा आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ ।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टीभित्रैबाट उनको राजीनामा माग भएको थियो । उनी सर्लाही–४ बाट पराजित भएलगत्तै उपसभापति शर्मालाई भेटेर राजीनामा दिने मनस्थिति बनाएको बताएका थिए ।
एक पदाधिकारीले भने–सभापतिज्यूले केही दिनअघि नै उपसभापति शर्मालाई भेटेर राजीनामा बुझाउनुभएको हो ।”











