२०८३, १ श्रावण शुक्रबार | Sat Jul 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकैदिन सुनको मूल्य तोलामा साढे १२ हजारले घट्यो



स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । 

आइबार (चैत ८) सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो कारोबार दिन (शुक्रबार, चैत ६) प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ  ।

शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो । 

प्रकाशित मिति : २०८२, ८ चैत्र आइतबार ००:००  ११ : १४ बजे