२०८२, ९ चैत्र सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा सोमबार (चैत ९) पनि सुनुवाइ हुँदै छ । आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ताको निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेको छ । 

सर्वोच्चको मागबमोजिम पेस भएको निर्णय संशोधनसम्बन्धी फाइलमाथि आज बहस हुनेछ । सर्वोच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासमा सुनुवाइ जारी छ ।

गएको पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेपछि सर्वोच्चमा रिट दायर भएको थियो । आफ्नो निर्णय विवादमा परेपछि उनले पुनः सच्याएर सहकारी ठगीबाहेक लामिछानेसँग जोडिएका सबै प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग संशोधनमार्फत फिर्ता लिएकी थिइन् ।

महान्यायाधिवक्ता भण्डारीले लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेपछि विवादको रुप लिएको थियो ।  भण्डारीले माघ २ मा लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।

प्रकाशित मिति : २०८२, ९ चैत्र सोमबार ००:००  १० : १८ बजे