२०८२, ९ चैत्र सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिखुमा शिक्षक भलिबल प्रतियोगिता चैत १३–१४, कति छ पुरस्कार राशि ?



ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकामा शिक्षकहरूबीच भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ग्रामोदया युगकवि सिद्धिचरण माध्यमिक विद्यालयको आयोजनामा “मैत्रीपूर्ण खुल्ला सामुदायिक विद्यालय स्तरीय शिक्षक भलिबल प्रतियोगिता २०८२” सञ्चालन हुन लागेको हो।

ग्रामोदया युगकवि सिद्धिचरण माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा खेल संयोजक पदम कुमार रोकाका अनुसार प्रतियोगिता शिक्षकहरूबीच खेलकुदको विकास, आपसी सद्भाव र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टिमले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीयले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतीयले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। साथै उत्कृष्ट खेलाडी, सेटर, ब्लकर, स्पाइकर, लिबेरो र कोचलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूले २५ सय रुपैयाँ तिरेर दर्ता गर्न सक्नेछन्। टिम दर्ता गर्ने अन्तिम मिति २०८२ साल चैत १२ गते तोकिएको छ।

प्रतियोगिता चैत १३ र १४ गते लिखु गाउँपालिका–६ स्थित ग्रायुसि माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ।

उक्त प्रतियोगिता ग्रामोदया युगकवि सिद्धिचरण माध्यमिक विद्यालयको आयोजना तथा ग्रामोदय युगकवि सिद्धिचरण क्याम्पसको सहआयोजनामा हुन लागेको हो।

प्रकाशित मिति : २०८२, ९ चैत्र सोमबार ००:००  ४ : २३ बजे