ओखलढुंगा । जिल्ला कारागार ओखलढुंगामा क्षमता भन्दा ३ गुणा बढि कैदी हुँदा व्यवस्थापनमा कठिनाई भएको छ । कारागारको क्षमता २० जना पुरुष र ५ जना महिला गरि जम्मा २५ जनाको रहेकोमा हाल क्षमता भन्दा झण्डै ३ गुणा बढि ७३ जना कैदीबन्दी छन् । क्षमता भन्दा बढी एकैपटक राख्नुपर्दा व्यवस्थापनमा समस्या भएको हो ।
कारागार प्रमुख चुणामणी अर्यालका अनुसार हाल कारागारमा ६८ जना पुरुष र ५ जना महिला गरी ७३ जनालाई राखिएको छ । भौतिक पूर्वाधार र क्षमता भन्दा बढि कैदी बन्दी हुँदा कारागारको व्यवस्थापनमा निकै कठिन हुने गरेका उनको भनाई छ ।
खानेपानी, शौचालय प्रयोग, खेल मैदान र खेल सामग्री प्रयोग लगायतमा ठुलो समस्या भएको कारागार प्रशासनले जनाएको छ । क्षमता भन्दा बढि कैदीबन्दी राख्नुपर्दा उनीहरुको बस्ने, सुत्ने ठाउँको व्यवस्थापनमा धेरै समस्या हुने गरेको छ ।
क्षमता भन्दा कैदीबन्दी भए पनि कोरोनाको महामारीका बेला कैदीमा कोराना संक्रमण हुन नदिन उच्च सावधानी अपनाइएको कारगार प्रमुख अर्यालले बताए ।












