२०८३, २९ भदौ सोमबार | Mon Sep 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, कम्तीमा ६६ जनाको मृत्यु



कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका बीबीसीले जनाएको छ । 

अधिकारीहरूले देशको दक्षिणमा उडान भरेको केही समयपछि नै वायुसेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।

वायुसेना कमान्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य सवार रहेको बताएका छन् । यो अमेरिकी निर्मित सी–१३० हर्कुलस विमान थियो, जुन सेना ओसारपसार गर्न प्रयोग गरिन्छ ।

विमान पुटुमायो प्रान्तको प्युर्टो लेगुइजामो सहरनजिकै दुर्घटनाग्रस्त भएको हो । उक्त क्षेत्रमा पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२, १० चैत्र मंगलबार ००:००  ११ : २० बजे