२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा एक काेराेना संक्रमितकाे मृत्यु


२०७७, १५ भाद्र सोमबार ००:००  

0
Shares

चितवन । भरतपुर अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ६ का ७८ वर्षीय एक पुरुषको आज बिहान ७ बजेर २० मिनेटमा मृत्यु भएको हाे ।

अस्पतालका कोभिड १९ क्लिनिकल संयोजक प्रमोद पौडेलका अनुसार उनी भदौ ६ गते उपचारका लागि भरतपुर अस्पताल आएका थिए । तर उनको भदौ २ गते नै कोरोना पुष्टि भएको थियो । ती पुरुष उच्च रक्तचापलगायत अन्य रोगबाट समेत ग्रसित भएको पौडेलले जानकारी दिए ।

उनको कोभिड सघन कक्ष (आईसीयू) मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुने चितवनका मात्रै ६ जना पुगेका छन् ।

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार ००:००  ६ : ३१ बजे