२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री बालेन बालुवाटारमा कसैलाई भेट्दैनन्, बिहानै पुग्छन् सिंहदरबार



यसअघि जो कोही प्रधानमन्त्री भए पनि प्रधानमन्त्री निवासमा सबैभन्दा पहिलो पहुँच विदेशस्थित राजदूतको हुने गर्थ्यो ।

रास्वपाका वरिष्ठ नेता बालेन (बालेन्द्र) शाह प्रधानमन्त्री भएपछि पहिलोपल्ट उनले बुधबार विदेशस्थित राजदूतहरुलाई सामूहिक भेट गर्दैछन्, त्यो पनि सिंहदरबारमा ।

राजदूतमात्रै होइन, बिहान र बेलुका प्रधानमन्त्रीले बालुवाटारमै सबैजसो भेटघाट गर्थे । महिनौँसम्म प्रधानमन्त्री सिंहदरबार टेक्दैनथे । अझ पार्टीका लागि रात्रिभोजसम्म बालुवाटारमै आयोजना हुने गरेका थिए ।

प्रधानमन्त्री बालेन नियुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा हुने औपचारिक भेटघाट पूर्णरूपमा बन्द गरेका छन् ।

उनले अघिल्ला प्रधानमन्त्रीका प्रचलनभन्दा फरक अभ्यास अपनाउँदै बालुवाटारमा कुनै पनि प्रकारका बैठक, राजनीतिक भेटघाट वा औपचारिक कार्यक्रम नगरेका हुन् ।

प्रकाशित मिति : २०८२, २५ चैत्र बुधबार ००:००  ११ : ३० बजे