इलाम नगरपालिका वातावरण, संस्कृति तथा पर्यटन विधामा उत्कृष्ट घोषित भएको छ। नगर प्रमुख केदार थापाले उक्त पुरस्कार ग्रहण गरेका छन्।
नेपाल नगरपालिका संघको ३३औँ वार्षिक उत्सवमा प्रदान गरिएको पाँच विधामध्ये यस विधामा इलामले उत्कृष्टता हासिल गरेको हो। गोदावरी नगरपालिका सँग समान ८५/८५ अंक प्राप्त गर्दै इलाम संयुक्त रूपमा पहिलो स्थानमा रहेको जनाएको छ।
कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले विजेता स्थानीय तहहरूलाई पुरस्कार वितरण गरेका थिए।
यसैगरी अन्य विधामा हलेसी तुवाचुङ नगरपालिका (संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासन), मन्थली नगरपालिका (स्थानीय आर्थिक विकास), मटिहानी नगरपालिका (सामाजिक विकास) तथा पोखरा महानगरपालिका (योजना तथा पूर्वाधार विकास) उत्कृष्ट घोषित भएका छन्।











