२०८२, २७ चैत्र शुक्रबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोदावरी नगरपालिका वातावरण, संस्कृति तथा पर्यटनतर्फ उत्कृष्ट नगरपालिका सम्मानित



नेपाल नगरपालिका संघको ३३औँ स्थापना दिवसको अवसरमा सभामुख डोलप्रसाद अर्यालको प्रमुख आतिथ्यमा गोदावरी नगरपालिकालाई वातावरण, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेखनीय कार्य सम्पादन गरेको भन्दै ‘उत्कृष्ट नगरपालिका २०८२’ बाट सम्मान गरिएको छ।

आयोजित विशेष समारोहमा नगर प्रमुख गजेन्द्र महर्जनले उक्त अवार्ड ग्रहण गरेका थिए।

गोदावरी नगरपालिकाले वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन तथा पर्यटन विकासमा गरेको प्रभावकारी कार्यका कारण यो सम्मान प्राप्त गरेको जनाइएको छ।

प्रकाशित मिति : २०८२, २७ चैत्र शुक्रबार ००:००  ५ : १२ बजे