२०८३, १ बैशाख मंगलबार | Tue Apr 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नव वर्षमा का.म.पा वडा ७ को भवन समर्पण सम्पन्न



काठमाडौं महानगरपालिका वडा नं. ७ ले नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमसँगै नागरिक सुनुवाइ तथा नव–निर्मित वडा भवन समर्पण कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार आयोजित उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धर, वडा नं. ७ का निर्वतमान अध्यक्षसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको नागरिक सुनुवाइमा स्थानीय बासिन्दाहरूले फोहोरमैला व्यवस्थापन, विकास निर्माणसम्बन्धी सूचनाको अभावलगायतका विषयमा आफ्ना गुनासा तथा सुझाव प्रस्तुत गरेका थिए। यस क्रममा वडा भित्र सञ्चालन हुने प्रस्तावित योजनाहरूको ३डी तस्बिरसमेत सार्वजनिक गरिएको थियो। ती तस्बिरहरूमा खेलमैदान, मन्दिर, आकाशे पुल, प्रवेशद्वार, पार्क तथा सामुदायिक भवनजस्ता संरचनाहरू समावेश रहेका छन्।

वडा नं. ७ का वडा अध्यक्ष मिल कुमार होडा ले नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै सार्वजनिक गरिएका योजनाहरूलाई क्रमशः कार्यान्वयन गरिने जानकारी दिए। उनका अनुसार केही आयोजनाहरूको बजेट स्वीकृत भइसकेको र छिट्टै निर्माण कार्य सुरु हुने तयारीमा रहेको छ।

कार्यक्रममा बोल्दै प्रवक्ता नवीन मानन्धर ले वडा नं. ७ ले अघि सारेका विकास आयोजनाहरूलाई सफल बनाउन महानगरपालिकाले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि नयाँ वर्षको शुभकामना व्यक्त गर्दै वडा अध्यक्षको कार्यप्रति सकारात्मक प्रतिक्रिया जनाएका थिए।

कार्यक्रम स्थानीयवासीहरूको उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८३, १ बैशाख मंगलबार ००:००  ११ : १८ बजे