२०८३, ४ जेष्ठ सोमबार | Mon May 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

का.म.पा ७ मा सांगीतिक प्रशिक्षण समापन : अध्यक्ष होडाद्वारा प्रमाणपत्र वितरण



काठमाडौं महानगरपालिका–७, मित्रपार्क (चाबहिल) मा चार महिनादेखि सञ्चालन हुँदै आएको सांगीतिक प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सुवर्णपुर सम्पदा संरक्षण समितिको आयोजना तथा वडा नं. ७ को सहयोगमा “नाय खिं बाजँ खल” मार्फत सञ्चालन गरिएको उक्त तालिममा बाँसुरी, मादल तथा पश्चिमा वाद्यवादन सिकाइएका थिए।

शनिबार आयोजित समापन समारोहमा प्रशिक्षार्थीहरूले आफूले सिकेका सीप प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष बिमल होडाले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै यस्ता कार्यक्रमले स्थानीय युवामा कला र संस्कृतिप्रति आकर्षण बढाउने विश्वास व्यक्त गरे।

समितिका प्रतिनिधिहरूले समुदायमा सांस्कृतिक संरक्षणसँगै नयाँ पुस्तामा संगीतप्रतिको रुचि विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उपस्थित अभिभावक तथा स्थानीय बासिन्दाले समेत यस्ता तालिमले सकारात्मक ऊर्जा र सिर्जनशीलता बढाउने बताएका थिए।

प्रकाशित मिति : २०८३, ६ बैशाख आइतबार ००:००  १० : ५७ बजे