२०८३, २२ श्रावण शुक्रबार | Fri Aug 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

का.म.पा वडा ७ मा अन्तरविद्यालय फुटबल महोत्सव वैशाख १७ देखि सुरु



काठमाडौं महानगरपालिका वडा नं. ७ को आयोजनामा चौथो वडा अध्यक्ष अन्तरविद्यालय फुटबल प्रतियोगिता आगामी वैशाख १७ गतेदेखि सुरु हुने भएको छ।

चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा १६ भन्दा बढी विद्यालयका टिमहरूको सहभागिता रहने वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले जानकारी दिनु भयो । सेभेन–ए–साइड स्वरूपमा नकआउट प्रणाली अनुसार खेलाइने प्रतियोगिता वैशाख २२ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू चावहिलस्थित चन्द्रविनायक पार्क मैदानमा हुनेछन्। प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १५ हजार रुपैयाँमा चित्त बुझाउनेछ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने चार विधाका खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ।

गत संस्करणको उपाधि मनास्लु टोलीले जितेको थियो। यस वर्षको प्रतियोगिता सञ्चालनका लागि करिब २ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

युवाहरूमा खेलकुदप्रति रुचि बढाउँदै प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३, १० बैशाख बिहिबार ००:००  २ : ५० बजे