भारतीय विदेश सचिव विक्रम मिश्री वैशाखको अन्तिम साता नेपाल आउने भएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, भारतीय विदेश सचिव मिश्रीले वैशाख २८ देखि २९ गतेसम्म नेपालको भ्रमण गर्नेछन् ।
बालेन्द्र शाह गत १३ गते प्रधानमन्त्री भएपछि भारतबाट नेपाल आउन लागेका विदेश सचिव मिश्री सबैभन्दा उच्चस्तरीय पाहुना हुन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीको लागि उनी नेपाल आउन लागेका हुन् ।











