२०८३, २१ बैशाख सोमबार | Mon May 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नौलिन भद्रकाली जात्रा आज समापन, बुढानीलकण्ठ-१३ उत्सवमय



बुढानीलकण्ठ नगरपालिका–१३ मा जारी श्री नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रा आज अन्तिम दिनमा प्रवेश गर्दै भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित समापन हुँदैछ।

वैशाख त्रयोदशीदेखि सुरु भएको ६ दिने यस जात्राको अन्तिम दिनमा परम्परा अनुसार विशेष पूजाआजा, विधिवत् समापन तथा खटसहित नगरपरिक्रमा गरिएको थियो ।

बुढानीलकण्ठ नगरपालिका–१३ को गौरवशाली नौलिन भद्रकाली जात्राको महत्व, यसको ऐतिहासिक परम्परा, नेवारी संस्कृतिमा यसको भूमिका तथा यसलाई संरक्षण र निरन्तरता दिन समुदायको दायित्वबारे वडा नं. १३ का वडा अध्यक्ष टिका नारायण श्रेष्ठले जानकारी दिनुभयो।

गत शनिबार जात्राको मुख्य आकर्षणका रूपमा सिन्दुर जात्रा सम्पन्न गरिएको थियो। सो अवसरमा तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली तथा सापाटार गणेश को खटसहित नगरपरिक्रमा गरिएको थियो। टुसाल, गाम्चा, शापाटार, चपली र चुनिखेल क्षेत्र हुँदै गरिएको परिक्रमाले सम्पूर्ण क्षेत्र उत्सवमय बनेको थियो।

काठमाडौं उपत्यकाको प्राचीन तथा महत्वपूर्ण काली मन्दिरहरूमध्ये एक मानिने नौलिन मन्दिरसँग सम्बन्धित यो जात्रा धार्मिक आस्था र सांस्कृतिक परम्पराको महत्वपूर्ण उदाहरणका रूपमा लिइन्छ। जात्राको पहिलो दिन नौलिन मन्दिरमा पञ्चबलि अर्पण गर्ने परम्परा रहिआएको छ।

आज अन्तिम दिन जात्राको समापनसँगै देवताको खटलाई विधिपूर्वक मन्दिरमा फर्काइने तथा समापन पूजा सम्पन्न गरिनेछ।

प्रकाशित मिति : २०८३, २१ बैशाख सोमबार ००:००  ४ : ३६ बजे