२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणेश पाण्डेकाे ‘सहायक श्रीमान्’ रुसकाे ‘ग्राण्ड प्रिक्स अवार्ड’बाट पुरस्कृत


२०७७, १५ भाद्र सोमबार ००:००  

0
Shares

काठमाडौँ – नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ ।

रुसमा यही भदौ ७ देखि १३ गतेसम्म चलेको १९ औंँ अन्तरराष्ट्रिय कान्स भिडियो फेस्टिबलमा साइन मिडिया प्रालिले निर्माण गरेको ‘को–हजब्याण्ड’ ले प्रथम पुरस्कार जितेको हो ।

रुस, अमेरिकालगायत देशका चलचित्रकर्मी सहभागी निर्णायकमण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान्’लाई प्रथम पुरस्कारस्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरेको हो ।

‘सहायक श्रीमान्’का निर्देशक गणेश पाण्डेले जुममार्फत अवार्ड कार्यक्रममा सहभागी हुँदै यो सफलता नेपाल र युवा चलचित्रकर्मीका लागि ठूलो सम्मान भएको बताउनुभयो ।

हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । निर्देशक पाण्डेले करीब चार वर्षको छायाङ्कन र अनुसन्धानबाट चलचित्र निर्माण गर्नुभएको हो ।

पाण्डेले यसअघि गोर्खा भूकम्पमा आधारित ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्र निर्माण गर्नुभएको थियो । रासस

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार ००:००  १० : ४७ बजे