ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ धुसेनीकी ३५ वर्षीय गंगा खत्री गिरी मृत अवस्थामा फेला परेकी छन् । शनिबार बेलुका स्थानीय एक पसलमा अत्याधिक मदिरा सेवन गरेकी गंगालाई श्रीमानले घर लैजान खोज्दा जान नमानेको र उनलाई गाउँमा रहेकोे मेघनाथ घिमीरेको मान्छे नबस्ने घरमा छाडेर श्रीमान घर फर्किएका थिए । आइतबार बिहान सोही ठाउँमा उनि मृत फेला परेकी हुन् ।
गाउँमा महिलाको शव भेटिएपछि प्रहरीलाई खबर गरिएको चम्पादेवी ८ का वडासदस्य बिष्णु घिमिरेले बताए । अत्याधिक मदिरा सेवनकै कारण उनकाे ज्यान गएकाे हुन सक्ने स्थानीयकाे अनुमान छ ।
मृतकको शव सोमबार पोष्टमाट पश्चात उनका आफन्तलाई जिम्मा लगाईएको ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । घटनाको बिषयमा जानकारी आएलगत्तै प्रहरी चौकी घोराखोरीबाट प्रहरी टोली खटाएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।












