२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामहरि खतिवडा भन्छन् : ‘अब आन्तरिक किचलोमा कांग्रेस फस्दैन’



ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले कांग्रेसमा मिलमिलापको खाँचो रहेको बताएका छन् । संगठन सुदृढीकरणका लागि गृह जिल्ला ओखलढुंगाको ज्यामीरे पुगेका नेता खतिवडाले कांग्रेसमा तलदेखि माथि सम्म मेलमिलापको खाँचो रहेको बताएका हुन् ।

कांग्रेस भित्रको आन्तरिक किचलोले पार्टी कमजोर भएको स्मरण गर्दै खतिवडाले विपिको सिद्धान्त अनुसार कांग्रेसका नेता कार्यकर्ता अघि बढ्नुपर्ने बताए । ‘कांग्रेसमा यो बेला मेलमिलापको खाँचो छ । गाउँटोल देखि केन्द्र सम्मका कांग्रेस एकले अर्कालाई सहयोग र सम्मान गरेर अघि नबढ्दा पार्टी अहिले यो हालतमा पुगेको हो ।’ पूर्वसांसद समेत रहेका खतिवडाले भने,‘कोरोनाको कहर छ । यतिबेला सबै मिलेर यो रोगलाई परास्त गर्दै कांग्रेसलाई बलियो बनाउन लाग्नुस् म सबै नेता कार्यकर्तालाई अनुरोध गर्न चाहन्छु ।’ ओखलढुंगामा कांग्रेस बलियो बनाउने अभियानमा यतिबेला सबै शक्ति लागि परेको उनले बताए । ‘हामी धेरै भन्दौन, ओखलढुंगा जिल्ला हिँजो जस्तै भोलि पनि कांग्रेसकै किल्ला बनाएरै छाडिन्छ ।’ उनले भने ‘अब आन्तरिक किचलोमा कांग्रेस फस्दैन ।’ आगामी महाधिवेशनमा सहमतीबाटै एकताकाे सन्देश दिएर अघि बढ्ने बताए ।

 खतिवडाले जस्तै जिल्ला पार्टी सभापति प्रदिप सुनुवार, उपसभापति तेजेन्द्र खनाल, जिल्ला सचिव द्वोय रुद्र अधिकारी र नबराज केशी, नेताहरु बालकृष्ण दाहाल र डिल्लीराम खनाल लगायतले ओखलढुंगामा कांग्रेस बलियो बनाउन लागिएको बताए ।

नेपाली कांग्रेसले ओखलढुंगामा कोरोनाको करहमा पनि कृयाशिल सदस्य नविकरण, नयाँ सदस्यता वितरण र पार्टी प्रवेश कार्यक्रम गरिरहेको छ ।

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार ००:००  १२ : ५२ बजे