२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीमा शिक्षक अपहरणमा संलग्न ‘विप्लप’ समुहका सातजना पक्राउ


२०७७, १५ भाद्र सोमबार ००:००  

0
Shares

सिन्धुली । सिन्धुलीमा प्रधानाध्यापकको अपहरणमा संलग्न विप्लप समुहका सातजना पक्राउ परेका छन् । जिल्लाको तीनपाटन गाउँपालिका-८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण भण्डारी अपहरण गरेकाे आरोपमा प्रहरीले सातजना पक्राउ गरेकाे हाे ।

प्रहरीले उनीहरुका साथबाट बम बनाउने सकेट आठ थान र चार थान सुतली बम समेत बरामत गरेकाे छ । जिनाखु जङ्गलबाट पक्राउ गरिएका उनीहरूलाई सदरमुकाम ल्याइँदै गरेकाे सिन्धुली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । “प्रहरीले सर्च अप्रेसन चलाएको थियो र अप्रेशनको क्रममा उनीहरू सिन्धुलीकै जिनाखु जङ्गलबाट पक्राउ परेका हुन्”, उनले भने, “पक्राउ परेका सबै पुरुष छन्, यसअघि सोही समूहका एक जना युवतीलाई पक्राउ गरिसकेका छौं ।” पक्राउ परेकाहरूको नामथर खुलाइएको छैन ।
उनीहरू सबै सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्तको नेकपामा आबद्ध रहेको खुलेको प्रहरीले जनाएकाे छ ।

प्रधानाध्यापक नारायण भण्डारी अपहरणमा परेको खबरपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा तीन टोली सर्च अप्रेसनमा जुटेका थिए । अप्रेसनमा सशस्त्र प्रहरीको प्रहरी निरीक्षक नेतृत्त्वको टोलीसँगै सिन्धुलीकै खुर्कोट र उदयपुरबाट पनि प्रहरी टोली सहभागी थिए।
सुरक्षाकर्मीको टोलीले अपहरणकारीलाई आइतबार दिउँसो नै घेरा हालेको थियो । तर, अबेर मात्रै उनीहरूलाई पक्राउ गरिएको हो ।

अपहरणमा परेका भण्डारीलाई प्रहरीले तीनपाटन-८ कै लायोगाउँको खानीपाखा जङ्गलबाट दुई दिनअघि सकुशल उद्धार गरेको थियो ।

सोही क्रममा प्रहरीले चन्द नेतृत्व समूहकी प्रतिमा परियारलाई पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले दुई वटा सकेट बम र एउटा सुतली बम फेला पारेको थियो ।

प्रअ भण्डारी शनिबार बिहान १० बजेतिर विद्यालय परिसरबाट अहपरणमा परेका थिए । उनी विद्यालयमा छात्रावृत्ति वितरण गरिरहेको अवस्थामा नचिनेका ८ जनाको समूहकाे अपहरणमा परेका थिए । यसबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार ००:००  ३ : १६ बजे