२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधि र प्रहरीद्धारा बुनपा ५ मा कोरोना विरुद्ध सचेतना फैलाईयो


२०७७, १५ भाद्र सोमबार ००:००  

0
Shares

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ वडा नम्बर ५ मा कोरोना विरुद्ध सचेतना अभियान चलाईएको छ । बुनपा ५ का जनप्रतिनिधि र बुठानिलकण्ठ प्रहरी प्रभागको संयुक्त साझेदारीमा वडा भित्र सतर्कताको अभियान चलाईएको हो ।

नारायणस्थान,मिलन चोक देखि बिष्णुमतीसम्म बजार अनुगमन, भौतिक दुरीका लागि सांकेतिक चिन्ह निर्माण गर्दै व्यवसायीलाई सतर्क रहन आवश्यक परामर्श दिईएको बुनपा ५ का वडा सदस्य हेप्सिवा तामाङले जानकारी दिईन् । कोरोनाको महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई समेत अपिल गरिएको उनको भनाई छ ।

बुनपा ५ का वडा अध्यक्ष विजय तामाङको नेतृत्वमा वडा भित्र कोरोनाको संक्रमण रोकथाम, संक्रमितको उपचार, क्वारेन्टाईन व्यवस्थापन र सचेतना सहितका कार्यहरु भईरहेका छन् ।   

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार ००:००  ४ : ३८ बजे