२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोनाबाट मृत्यु



काठमाडौं । पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको गंगालाल अस्पतालमा भर्ना गरिएका चालिसेको मगंलबार उपचारकै क्रममा मृत्यु भएको हो ।

उनका भाइ कृष्णराज चालिसेका अनुसार उनलाई लामो समयदेखि मुटुको समस्या थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए । उनी ७० वर्षका थिए ।

उनको शवलाई अब नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्ने छ।

प्रकाशित मिति : २०७७, १६ भाद्र मंगलबार ००:००  ५ : ३२ बजे