२०८३, १९ बैशाख शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीमा शिक्षक कुट्ने विद्यार्थीलाई कारबाही गर्न माग



काठमाडौं । शिक्षकका बिभिन्न संघ संगठनहरुले एसइईमा कम नम्बर दिएको भन्दै शिक्षकहरु माथी कुटपिट गर्ने बिद्यार्थीहरुलाई कारबाहिको माग गरेका छन् । नेपाल शिक्षक महासंघ सहितका शिक्षकका पेशागत संघ संगठनहरुले विज्ञप्ती निकालेर घटनाको भत्र्सना गर्दै दोषि उपर कारबाहीको माग गरेका हुन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका ७ मझुवामा रहेको गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई विद्यार्थीले एसइइमा थोरै नम्बर दिएको भन्दै केही दिन अघि कुटपिट गरेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुली , एकिकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुली , शिक्षक महासंघ सिन्धुली, नेपाल राष्ट्रिय शिक्षक संगठन त्यसैगरी सुनकोसी गाउँपालिका , शिक्षक महासंघ सुनकोसी गाउँपालिका र नेकपा सुनकोसी गाउँ संगठन कमिटीले जारि गरेको प्रेस बक्तव्यमा केही विद्यार्थी र अभिभावकबाट शिक्षक माथि विद्यालय भित्रै सांघातिक हमला र कुटपिट हुनु दुखद् भएको टिप्पणी गरेका छन् ।

यो सुनियोचित घटनाले शिक्षक पेशामा निरासा पैदा गरेको र पेशा प्रति नै शंका उब्जाएको भन्दै दोषीहरु लाई कानुनी दायरमा ल्याएर कारबाहि गरि सुरक्षाको प्रत्याभुत नदिलाए सम्म सबै शैक्षिक गतिबिधीहरु समेत रोक्ने शिक्षकका संघ संगठनहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०७७, १६ भदौ मंगलबार ००:००  ४ : २२ बजे