२०८३, ५ जेष्ठ मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकाका सिडिओहरु भर्चुअल बैठक बस्दै, निषेधाज्ञाबारे छलफल हुने



काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू भर्चुअल बैठक बस्दैछ। उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने-नबढाउने विषयमा साझा धारणा बनाउन बैठकमा बस्न लागेकाे हाे ।

निषेधाज्ञा समयको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुटेकाे छलफल काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। तीन जिल्लाका प्रजिअको राय मंगलबार नै गृह मन्त्रालयमा पठाइने छ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढेपछि निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या भने घटेको छैन।

भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ।

प्रकाशित मिति : २०७७, १६ भदौ मंगलबार ००:००  ६ : ०० बजे