२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर १६५६ प्रहरीलाई कोरोना संक्रमण


२०७७, १६ भाद्र मंगलबार ००:००  

0
Shares

काठमाडौं । मुलुकको प्रहरी सुरक्षा संगठनमध्येको एक नेपाल प्रहरीमा लगातार कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जान थालेको छ । हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या १६ सय ५६ पुगेको छ । जसमध्ये ९ सय २८ जना सक्रिय संक्रमित छन् ।

७२८ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ९७ र काठमाडौं उपत्यकाका ३२४ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २००, प्रदेश २ मा ११९, वाग्मती प्रदेशमा ४४, गण्डकीमा ६०, प्रदेश ५ मा ५३, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १४ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २०७७, १६ भाद्र मंगलबार ००:००  ७ : ५२ बजे