काठमाडौं । प्रहरी हिरासतभित्र विजय रामको मृत्यु भएको प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टरसहित तीन प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी निरीक्षक इन्स्पेक्टर नवीन सिंह, हवल्दारद्वय हिरोज मियाँ धुनिया र मत्रुकुमार सिंह निलम्बनमा परेका हुन् ।
इन्स्पेक्टर सिंहलाई प्रहरी प्रधान कार्यालय र हवल्दारद्वयलाई प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हिरासतमा विजयको मृत्युपछि गरुडा तनावग्रस्त, प्रहरी कार्यालय घेरे स्थानीयले प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले विजय राम मृत्यु प्रकरणबारे छानबिन भइरहेकोले तत्काल उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए ।
उनका अनुसार छानबिन पूरा नभएसम्म उनीहरूलाई निलम्बन गरिएको छ । इलाका प्रहरी कार्यालय गरुडाले निरञ्जन रामको हत्या अभियोगमा सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये विजयलाई अनुसन्धानका क्रममा जिल्लाबाट खटेका इन्सपेक्टर सिंह र हवलदारद्वयले यातना दिएको आरोप छ ।
यातनापछि नेशनल मेडिकल कलेज वीरगन्जमा भर्ना भएका रामको उपचारका क्रममा त्यहीँ मृत्यु भएको थियो ।












