२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर थपिए १०६९ जना कोरोना संक्रमित



काठमाडौं । नेपालमा मंगलबार थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा १२ हजार ८८ जनाको नमुना परिक्षण गर्दा १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५२९ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ४८१ जना कोरोना संक्रिमत थपिएका छन्। काठमाडौंमा ३९०, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

हाल १८ हजार ११२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेनमा १० हजार ८३२ छन् । होम आइसोलेसनमा रहेनको संख्या ७ हजार २८० जना छन् । ाल ७ हजार ३९० जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित २२ हजार १७८ निको भएका छन् ।

प्रकाशित मिति : २०७७, १६ भाद्र मंगलबार ००:००  १० : ५३ बजे