काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महोत्तरीका ४ वर्षीया बालिकासहित ११ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् ।
यसैगरी महोत्तरीका ३७ वर्षीय पुरुष, सिरहाका ६५ पुरुष, तीन जना ५३, ८० र ६० वर्षीय पुरुष, बाराका ६० वर्षीय पुरुष, चितवनका ५४ वर्षीय पुरुष, काठमाडौंका दुई जना ७० र ३५ वर्षीय पुरुष र मकवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।












