२०८३, २३ बैशाख बुधबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा ‘योगदान राष्ट्रका लागि’ अभियान चलाउने ओम उप्रेती दुबईमा सम्मानित




काठमाडौं । नेपालमा ‘योगदान राष्ट्रका लागि’ अभियान चलाउने ओम उप्रेती दुबईमा सम्मानित भएका छन् । संयुक्त अरब इमिरेट्स दुबईको लुम्बिनी ड्रिम होटलमा आयोजित एक कार्यक्रममा ‘योगदान राष्ट्रका लागि’ अभियानका अध्यक्ष ओम उप्रेतीलाई सम्मान गरिएको हाे ।

जिल्ला समाज ताप्लेजुङले आयोजना गरेको उक्त कार्यक्रममा उप्रेतीलाई सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा पाल्पाली समाज युएईका सल्लाहकार माधव प्रसाद गैरेले सामाजिक अभियान्ता उप्रेतीले अहिलेसम्म नेपालका ४६ जिल्लामा दिएकाे तालिमबाट धेरैले लाभ लिएकाे भन्दै देशैभर समन्वयात्मक समिति बन्दै गरेको सुखद् खबरले खुशी लागेको बताए । उनले अभियान सफलताको शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा सम्मानित उप्रेतीले आफू एक्लैले मात्रै नभएर सबैको सहयोगमा यहाँसम्म आएको र आगामी दिनमा सहयोग रहनेमा विश्वस्त हुँदै दर्ताको प्रकृयामा रहेको ‘योगदान राष्ट्रका लागि’ कार्यक्रम आगामी एक/दुई सातामै नेपालमा दर्ता हुने जानकारी गराए । उक्त अभियान अन्तर्गत देशका हरेक तहमा प्राथमिक तालिम दिने, दुरदराज जहाँ यातायात समस्या छन्, त्यहाँ पनि पुर्ण तालिम उपलब्ध गराई सामान्यतः बहोस हुने, सर्पले टोक्दा, पानीको डुवानमा कसरी बचाउने लगायतका प्राथमिक उपचारबारे तालिम दिइने पनि उनले बताए ।

देशभर प्राथमिक उपचार पद्धतिको विकास गरि मृत्युुदर कम गर्ने, स्वास्थ जनचेतना फैलाउने, देशमा स्वास्थ्यमा परिवर्तनको संवाहक बन्दै देशका लागि केही योगदान दिने कार्यक्रममा लागि परेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १६ भदौ मंगलबार ००:००  १२ : ३६ बजे