२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा निषेधाज्ञा एक हप्ता लम्बियो



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ । बुधबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थप गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

अहिलेसम्मको नतिजा हेर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएकाले अर्को एक हप्ता थप कडाइ गर्ने निर्णय गरेको उनले बताए । यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्ने विषयमा सूचना निकालेर जानकारी गराइने बस्नेतले बताए ।

उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर बुधबार राति १२ बजेसम्म पुर्‍याइएको थियो ।

प्रकाशित मिति : २०७७, १७ भाद्र बुधबार ००:००  ४ : २९ बजे