२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा ३८८ सहित देशभर ११२० संक्रमित थपिए



काठमाडौं । काठमाडौं उपत्यकामा ३८८ सहित बुधबार देशभर ११२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा गरिएको नमुना परिक्षणमा ३२० महिला र ८०० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म २३ हजार २९० कोरोनामुक्त भएका छन् ।

प्रकाशित मिति : २०७७, १७ भाद्र बुधबार ००:००  ४ : ४७ बजे