२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुग्यो



काठमाडौं । देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको हो ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् ।

यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ । यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, १७ भाद्र बुधबार ००:००  ५ : ०१ बजे