२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानेभञ्ज्याङ गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द




ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा अत्यावश्यक बाहकेका सबै सेवा बन्द गरिएको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणको लागी थप प्रभावकारी बनाउन आज (बुधबार)देखि अत्यावश्यक सेवा प्रदायक कार्यालयहरु बाहेकको सम्पुर्ण कार्यालयहरु बन्द गरेको जानकारी दिएको छ ।

गाउँपालिका अध्यक्ष मोति राज राईले जारी गरेको सुचनामा बजार, पसल, सम्पूर्ण प्रकारको भेला, बैठक, कार्यक्रम, खेलकुद क्रियाकलापहरु बन्द गरिएको उल्लेख छ ।

यस विपतको अवस्थामा आवश्यक सहयोेग गरिदिन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७, १७ भाद्र बुधबार ००:००  ५ : २६ बजे