२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शैक्षिक सत्र खेर जादैनः शिक्षा मन्त्री



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक सत्र खेर जान नदिने बताएका छन् । बुधबार अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा उनले कुनै पनि तहको शैक्षिक सत्र खेर नजाने गरी कार्यतालिका बनाइने जानकारी दिए ।

उनले कोभिड–१९ का कारण पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिक सत्र पूरा गर्ने बताए । वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र परीक्षाको अभिन्न अङ्ग बनाउने उनले धारणा राखेका छन् । उनले वैकल्पिक सिकाइका लागि सरकार अन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरेको समेत बताए ।

कार्यक्रममा विद्यार्थी नेताहरुले वैकल्पिक सिकाइको पुनरावलोकन गरी थप प्रभावकारी बनाइनुपर्ने, शैक्षिक सत्रलाई जोगाउनुपर्ने, रोकिएको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गरिनुपर्ने, कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनुपर्ने लगायत विषयमा मन्त्री पोखरेललाई ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २०७७, १७ भाद्र बुधबार ००:००  ६ : ४९ बजे