२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा काेराेना संक्रमितको संख्या ५०७ पुग्याे



अनलाइन सराेकार

काठमाडाैं – आज पछिल्लो पटक थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पटक बाँकेका १४ जना, कैलालीका ३ जना, डडेलधुरा, बैतडी र मोरङका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस अगाडि आज विहान मात्रै विभिन्न जिल्लाका ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । नेपालमा हालसम्म ४० जिल्लाका ४ सय ३३ जना पुरूष र ७४ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणका कारण हाल सम्म नेपालमा ३ जनाको मृत्यु भएको छ भने ७० जना उपचार पछि निको भई घर फर्किएका छन् । आज मात्रै थप २१ जना उपचार पछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा देवाकोटाले जानकारी दिए ।

हाल सम्म नेपालमा कूल ४२ हजार ४ सय ८८ जनाको पिसीआर तथा ८२ हजार १ सय १६ जनाको आर डि टि विधिबाट परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय १९ जनाको पिसिआर र ३ हजार ४ सय २१ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको थियाे ।

यसैगरी, देशका विभिन्न स्थानमा २७ हजार ८ सय २९ जना क्वारेन्टीनमा रहेका छन् भने ४ सय ३३ जना विभिन्न अस्पतालमा रहेको आईसोलेसन वार्डमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, ९ जेठ शुक्रबार ००:००  १२ : ५१ बजे