विराटनगर । प्रदेश सरकारले विराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने भएकाे छ । प्रदेश स्तरीय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका एक हजार बेडकाे आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो ।
प्रदेशकाे केन्द्रमा एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र तत्काल निर्माण गरिने मुख्यमन्त्री शेरधन राईले बताए । आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्र लगायतसँग समन्वय र साझेदारीमा सञ्चालन गरिने जनाइएकाे छ ।












