२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद् बैठक सुरू: वामदेवलाई राष्ट्रिय सभामा सिफारिस गरिने



काठमाडौं । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकले राष्ट्रिय सभा सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ ।

मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्ने छन् । नेकपाको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तीका लागि सिफरिस गर्ने निर्णय गरेको थियो । ६ महिनादेखि राष्ट्रिय सभामा एक सदस्य खाली छ ।

यसै मन्त्रिपरिषद् बैठकबाट अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा विदाइ हुँदैछन् । आफू मन्त्रीबाट हट्ने पक्का भएपछि खतिवडाले मन्त्री क्वाटर छाड्ने तयारी थालेका छन् । खतिवडाको ६ महिने कार्यकाल शनिबारदेखि सकिँदैछ ।

यसैबीच अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख सल्लाहकार बनाउने चर्चा समेत चल्न थालेको छ ।

प्रकाशित मिति : २०७७, १९ भाद्र शुक्रबार ००:००  १२ : ३१ बजे