२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोक्सेल स्वास्थ्य चौकीको सम्पूर्ण सेवा बन्द, स्वास्थ्यकर्मी क्वारेन्टाईनमा



ओखलढुंगा । ओखलढुंगाको टोक्सेल स्वास्थ्य चौकीको सम्पूर्ण सेवा बन्द गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ टोक्सेल हर्कपुरको हेल्थडेस्कमा कार्यरत १ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै अन्य सबै स्वास्थ्यकर्मी होम क्वारेन्टाईनमा बसेपछि स्वास्थ्य चौकीको सेवा बन्द भएको हो ।

स्वास्थ्यकर्मीहरुमा जिल्लामै पहिलो पटक हर्कपुर हेल्थडेस्कमा कार्यरत १ जनामा कोरोना पुष्टि भएपछि बिहीबार उनका सबै सहकर्मीले कोरोना परिक्षणको लागि स्वाब दिएका छन् । स्वास्थ्यकर्मी सहित ९४ जनाको स्वाब परीक्षणका लागि नमुना पठाएकाले उक्त परीक्षणको नतिजा प्राप्त नभए सम्मका लागि अस्पतालको सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु होम क्वारेन्टाईनमा बसेको स्वास्थ्य चौकी टोक्सेलका प्रमुख निर्मला दाहालले जानकारी दिईन् ।

स्वाब परीक्षणको नतिजा आएपछि कार्यालयको सेवा सञ्चालनबारे अर्को निर्णय हुने उनको भनाई छ । बुधबार मानेभञ्ज्याङमा १ स्वास्थ्यकर्मी र ४ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । विहिबार कन्ट्रयाक्ट ट्रेसिङ गरेर १ सय ८० जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको छ ।

मानेभञ्ज्याङ र हर्कपुरका प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी र कन्ट्रयाक्ट ट्रेसिङमा देखिएकाहरुको स्वाब परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताए ।

सुरक्षामा खटिएका प्रहरीमा कोराना देखिएपछि मानेभञ्ज्याङ बजारमा समेत उच्च सतर्कता अपनाईएको छ ।

प्रकाशित मिति : २०७७, १९ भाद्र शुक्रबार ००:००  १ : १५ बजे