२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजी प्रयोगशालामा पीसीआर रिपोर्ट पोजेटिभ आए बीमाको भुक्तानी नपाइने



काठमाडौं । बिमा समितिले निजी प्रयोगशालामा गरिएको पिसिआर रिपोर्टलाई दावी भुक्तानीका लागि मान्यता नदिने भएको छ । बीमा समितिको मापदण्डअनुसार समितिले हालै बीमा कम्पनीहरुलाई पत्र पठाउँदै स्वास्थ्य मन्त्रालयका निकायबाट पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएमा मात्रै दावी भुक्तानी गर्न भनेको छ ।

समितिका सूचना अधिकृत निर्मल अधिकारीले मापदण्डलाई कुनै परिवर्तन गरिएको नभई अहिले स्पष्ट मात्रै पारिएको बताए । सो मापदण्डमा नै स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायको प्रयोगशालाबाट आएको रिपोर्टलाई मान्यता दिइने उल्लेख छ ।

निजी प्रयोगशालाबाट आउने रिपोर्टलाई मान्यता दिइँदा आर्थिक प्रलोभनमा पारेर, परेर झुटो विवरणमा पोजेटिभ रिपोर्ट बनाउने र त्यसैका आधारमा भुक्तानी दावी हुन सक्ने भएकाले पहिले नै यस्तो व्यवस्था गरिएको बीमा समितिले जनाएको छ ।

मापण्दण्डअनुसार सरकारी निकायका पिसिआर प्रयोगशालाको पोजेटिभ रिपोर्टका आधारमा मात्रै दावी भुक्तानी गर्न पाइन्छ । सूचना अधिकृत अधिकारीका अनुसार पिसिआर रिपोर्ट, दावी भुक्तानीका लागि आवेदन फारम लगायत आवश्यक सबै कागजात बुझाएको ७ दिनभित्र दावी भुक्तानी गर्न कम्पनीहरुलाई निर्देशन दिइएको छ ।

हालसम्म निजीवन बीमा कम्पनीहरुको पुलमार्फत बीमा गर्नेको संख्या ८ लाख ३४ हजार नाघेको छ ।

प्रकाशित मिति : २०७७, १९ भाद्र शुक्रबार ००:००  ४ : १७ बजे