काठमाडौं । काठमाडौं उपत्यकाका ४५४ सहित नेपालमा शुक्रबार थप १ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ६३८ जनाको नमुना परिक्षण गर्दा १ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । जसमध्ये काठमाडौं जिल्लाका ३८६, ललितपुरका ३२ र भक्तपुरका ३६ जना रहेका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २२६ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ । तीमध्ये १० हजार नौ सय ४२ जना संस्थागत र सात हजार चार सय ६२ जना होम आइसोलेसनमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै थप १ हजार ३५४ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २५ हजार ५६१ पुगेको छ । यो संख्या कुल संक्रमितको ५८ प्रतिशत हो ।












