२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन् । मन्त्री खतिवडाले राष्ट्रिय सभाको कार्यकाल सकिएपछि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।

मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिने व्यवस्थाअनुसार खतिवडाले राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

२०७४ सालको फागुनमा अर्थमन्त्री एका खतिवडाको राष्ट्रिय सभा सदस्य पद गएको फागुनमा सकिएको थियो । तर राष्ट्रिय सभा सदस्य पद ६ महिनासम्म थपिने र मन्त्री बन्न पाउने प्रावधानका कारण उनले फागुनमा दोस्रो पटक सपथ लिएका थिए । खतिवडाको कार्यकाल शनिबार सकिँदैछ ।

अर्थमन्त्रीमा रहँदा विभिन्न बाधाअड्चन खेपेका खतिवडाले पछिल्लो समय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति : २०७७, १९ भाद्र शुक्रबार ००:००  ६ : ०४ बजे