२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर झडपमा प्रेसको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने पक्राउ



काठमाडौं । ललितपुरको पुल्चोकमा बिहीबार भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जन इमाडोलबाट पक्राउ परेका हुन् ।

महर्जनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

उनी पत्रकार नभएको खुलेको छ । पुल्चोकमा भएको झडप प्रकरणमा प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गर्न सफल भएको छ ।

प्रकाशित मिति : २०७७, १९ भाद्र शुक्रबार ००:००  ६ : १६ बजे