२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुल्चोकको भीड नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना



काठमाडौं । ललितपुरको पुल्चोकमा बिहीबार मच्छिन्द्रनाथको रथ यात्रा निकाल्ने नाममा जम्मा भएको भीड नियन्त्रण गर्न खटिएकामध्ये १८ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पुल्चोकमा भएको झडपका क्रममा महानगरीय प्रहरी बृत्त सातदोबाटो र प्रहरी परिसर ललितपुरबाट टोली खटिएको थियो । उपत्यकाका ५६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि हुँदा भीड नियन्त्रणमा खटिएका १८ जना पनि रहेका छन् । उनीहरु सातदोबाटो बृत्त र ललितपुर परिसरबाट खटिएका प्रहरी हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले सातदोबाटो बृत्तसहितका प्रहरीलाई कोरोना पुष्टि भएको जानकारी दिए । पछिल्लो समय काठमाडौंमा उपत्यकामा तैनाथ प्रहरीमा तीव्र गतिमा कोरोना फैलिरहेको छ ।

प्रहरीलाई ठूलो संख्यामा कोरोना देखिन थालेपछि पुल्चोकमा खटिएकासहिको स्वाब संकलन गरिएको थियो । तर स्वाब संकलन गरिसकेर रिपोर्ट नआउन्जेल उनीहरुलाई सेल्फ आइसोलेसनमा राख्‍नुपर्नेमा भीड नियन्त्रणका लागि तैनाथ गरिएको थियो ।

पुल्चोकमा भएको झडपका क्रममा केही प्रहरी र सर्वसाधारण पनि घाइते भएका थिए । पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गर्ने तथा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्‍नेसहित १३ जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिइसकेको छ ।

प्रकाशित मिति : २०७७, १९ भाद्र शुक्रबार ००:००  ८ : २२ बजे