काठमाडौं । आज (शनिबार) मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदैछ । सार्क महासन्धी २००२ लाई विक्रम सम्बत् २०६३ साल भदौ २० गते प्रतिनिधिसभाले अनुमोदन गरेको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।
दिवसको अवसरमा शुभकामना दिँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नेपालले कानुनी रुपमा मानव बेचबिखनलाई जघन्य अपराधको रुपमा व्याख्या गरेको भन्दै यसको अन्त्यका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् । उनले मानव बेचबिखन र ओसारपसार व्यक्ति, परिवार, समुदाय र देशभित्रको मात्रै नभई विश्वव्यापी समस्या भएको बताए ।
गरिबी र अशिक्षाको फाइदा उठाएर मानव बेचबिखन भइरहेको भन्दै मन्त्री गुरुङले यसको रोकथामको लागि शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए । कोरोना महामारीकै बीच बेचबिखनका क्रममा भारत पु¥याइएका २१ जना नेपाली महिलाको उद्धार भएको मन्त्रालयले जनाएको छ ।












